काठमाडौं,५ चैत । काभ्रेमा भूकम्प गएको छ ।
आज बिहान १० बजेर ५ मिनेट जाँदा जिल्लाकाे सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए।
जिल्लाका केही ठाउँमा भूकम्पको धक्का महसुस भएको जनाइएको छ ।