काठमाण्डाै,३ चैत ।
आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।
दिउँसो एक बजे बस्ने बैठकमा संविधानसभा सदस्यको निधनमा शोक प्रस्ताव पारित र बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।
गएको फागुन २३ र २६ गते बसेको बैठकमा संसदमा कुनै पनि एजेन्डामा छलफल हुन सकेन । प्रतिनिधिसभामा अध्यादेश पेस गर्ने कि नगर्ने भन्नेबारेमा विवाद छ ।
हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बसे पनि दलहरुबीच अध्यादेश पेस गर्ने विषयमा सहमति जुट्न सकेन ।