Share this News on Social Networking Pages


विप्लवले सम्झौता गर्दैमा शान्ति नआउने दाबी

काठमाडौं,१ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा फेरि बन्दुक उठ्ने बताएका छन् ।

आइतबार काठमाडौंको शान्तिबाटिकामा नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जवस तथा मोर्चाहरुले आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पुरा नभएकाले फेरी बन्दुक उठ्ने बताएका हुन् ।

क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा फेरि बन्दुक उठ्ने दाबी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टीहरू संसदवादी मूलधारमा आएको अभिव्यक्ति दिएको प्रति टिप्पणी गर्दै महासचिव वैद्यले क्रान्तिकारीहरु संसदवादी मूलधारमा नभएको र आफुहरुले वर्तमान व्यवस्था नमान्ने पनि बताए ।

विप्लवजीहरुले सम्झौता गर्र्ने बित्तिकै उहाँहरुले भनेजस्तो शान्तिको युग शुरु नभएको उनको भनाई छ ।

यहाँका समस्याहरु जबसम्म समाधान हुँदैन, तबसम्म शान्तिको युग शुरु नहुने भन्दै उनले सत्ताधारी वर्गले जनतालाई शोषण, उत्पीडन, दमन गर्ने यी कम्युनिष्ट नामधारीहरु शहिदको रगतको आहालमा डुबेर सत्तामा जाने, अनि कसरी शान्ति हुन्छ ? उनले प्रश्न गरे ।

महासचिव वैद्यले मजदुर, किसान, महिला, दलित, आदिबासी जनजाति, मधेसी, लगायतको समस्या समाधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रान्तिको तयारी गर्नुपर्ने बताए ।

उनले भने–‘प्रधानमन्त्रीजीले दुईवटा कुरा भन्नुभयो । एउटा कुरा के भन्नुभो भने अब सब संसदवादी मुलधारमा आए भन्नुभो ।

यो झुठ हो । सरासर झुठ हो । संसदवादी मूलधारमा छैनन् । हामी यो व्यवस्थालाई मान्दैनौँ । त्यसकारण संसदीय मूलधारमा जाने कुरा आउँदैन । क्रान्ति गर्नुपर्छ । पहिलो कुरा त्यो हो । दोस्रो कुरा, अब शान्तिको नयाँ युग शुरु भो भन्नुभयो । यो पनि झुठ हो ।’