Share this News on Social Networking Pages


जनमुक्ति पार्टीको छैंठौ राष्ट्रिय महाधिवेशन बैशाख २३–२५ गते सुनसरीमा

बुटवल,१ चैत ।
राष्ट्रिय जनमुक्ति पार्टीले वाम गठबन्धनको बर्तमान सरकारले जनमतको घोर अपमान गरेको जनाएको छ ।

पर्टीको फागुन २७ र २८ गते काठमाण्डौमा बसेको १० औं केन्द्रीय कमिटी बैठकले वाम गठबन्धनको बर्तमान सरकारले जनमतको घोर अपमान गरेर चरम राजनीतिक भ्रष्टाचार गरेको ठहर गरेको हो ।

बैठकले पार्टीको छैंठौ राष्ट्रिय महाधिवेशन २०७८ बैशाख २३–२५ गते सुनसरीमा सम्पन्न गर्ने निर्णय गरेको पार्टीका महासचिव केशव सुर्यवंशीद्धारा शनिबार प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

महाधिवेशन सम्पन्न गर्न पार्टी अध्यक्ष केपी पालुङ्वालाई महाधिवेशन मूल तयारी समितिको संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

त्यस्तै बैठकले म्यानमारमा “सैनिक कु“ प्रति खेद व्यक्त गर्दै शान्तिपूर्ण आन्दोलनकारी माथि गरिएको दमन तत्काल रोक्न सम्बन्धित पक्षसँग माग गरेको विज्ञप्तिमा जनाइएको छ ।
पढ्नुहोस् प्रेस विज्ञप्ति ।