काठमाडौं,२९ फागुन ।
नेकपा एमालेमा ओलीलाई काउण्टर दिन नेपाल–खनाल पक्षले समानान्तर कमिटी गठन गरेको छ ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई काउण्टर दिन बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले समानान्तर कमिटी गठन गरेको हो ।
एमालेका जारी केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी गठन गरेको हो । जसअनुसार प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य,गण्डकीमा सुरेन्द्र पाण्डे,लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली र प्रदेश ७ मा भीम रावललाई संयोजकको जिम्मेवारी दिइएको छ ।
बैठकले रघुजी पन्त युवा विभाग, गोकर्ण बिष्टलाई विद्यार्थी विभाग, योगेश भट्टराईलाई प्रचार विभाग, अष्टलक्ष्मी शाक्यलाई महिला विभाग र प्रमेश हमाल बुद्धिजीवी विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
शुक्रबार बसेको ओली पक्षको बैठकले नेपाल–खनाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै माओवादी केन्द्रबाट एमालेमा आएका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो ।