बुटवल,२३ फागुन ।
आजदेखि एक हप्तासम्म नारायणगढ-मुग्लिङ सडकखण्ड दिउँसो बन्द गरिने भएको छ ।
पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्न आजदेखि २९ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म दुईतर्फी नै आवागमन बन्द गरिने आयोजनाले जनाएको छ ।
नारायणगढ-मुग्लिङ सडक आयोजनाले सूचना निकालेर सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम गर्न सडक बन्द गर्न लागिएको जनाएको छ । साे अबधिमा अत्यावश्यक सेवाबाहेक सबै गाडीको आवागमन रोकिने
आयोजनाका इञ्जिनियर सबिना रानाभाटले जानकारी दिए ।
गएको असार पहिलो हप्ता पहिराेले बगाएको क्षेत्रमा काम गर्न लागिएको हो । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । सडक मर्मतका गर्ने क्रमममा नारायणढतर्फबाट गएका गाडीलाई जलबिरेमा र मुग्लिङतर्फबाट आएका गाडीलार्ई शान्तिबजारमा रोकिने छ ।
सडक मर्मत गर्ने अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत
आयोजनाले आग्रह गरेको छ ।