Share this News on Social Networking Pages

गुल्मी,२१ फागुन ।
गुल्मकि सम्झना बोहोराको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मकाेे रेसुंगा नगरपालिका–३,भाडगाउँका ४७ वर्षीय लालबहादुर खत्री रहेका छन् ।
गुल्मीको रेसुंगा नगरपालिका–३, भाडगाउँकी २१ वर्षीया सम्झना बोहोराको हत्या आरोपमा खत्री पक्राउ परेका हुन् ।

पक्राउ परेका खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
खत्रीले हत्या गरेको स्वीकार गरेको प्रहरीसमक्ष स्वीकार गरेकाेे प्रहरीले जनाएको छ ।

हत्या किन र कसरी गरेको भन्ने बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।

गत माघ २९ गते घरबाट बेपत्ता भएकी बोहोराको फागुन १७ गते घर नजिकै झाडीमा शव फेला परेको थियो ।
घरबाट बेपत्ता भएकै दिन माघ २९ गते युवतीको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको सूचना अधिकारी पाण्डेयले बताए ।
बेपत्ता भएकी युवतीको खोजतलासमा बढी नै सक्रियता देखाए जस्तो गरेका आरोपी खत्रीले नै शवको गन्ध आएको भनि स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए ।

घटनाकाे बिषयमा साेधपुछ गर्ने क्रममा खत्रीले हत्या गरेको स्वीकार गरेकाेे प्रहरीले जनाएको छ ।
बेपत्ता किशोरीको शव घर नजिकैको झाडीमा टाउको बोरामा, अन्य भाग स्याउला, ढुंगाले ढाकेको अवस्थामा फेला परेको थियो ।
सम्झना बेपत्ता भएको तीन दिनपछि सासू तोमकलाले घरदेखि ५० मिटर नजिकै झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

सासू तोमकला खत्रीले बुहारी सम्झनाको खोजी गर्न फोटोसहित निवेदन दिएकी थिइन् । प्रहरीका अनुसार खोजीका लागि सम्झनाको माइती पक्षबाट समेत निवदेन दिएका थिए ।