काठमाडौं,१९ फागुन ।
नेकपा प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेम्वाङसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।
नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए ।
त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको पुनले बताए ।
उनीहरुले पार्टी हित विपरीत गतिविधि गरेकाले कारबाही गरेको प्रचण्ड–माधव समूहको भनाइ छ ।