Share this News on Social Networking Pages

बुटवल,१४ फागुन ।
औषधि व्यवस्था विभागले रुपन्देहीको एक सहित थप ८ वटा कम्पनीको औषधि बिक्री वितरणमा रोक लगाएको छ ।

बजार अनुगमनका क्रममा औषधिहरुको नमुना परीक्षण गर्दा ८ वटा औषधि मापदण्ड बिपरितको भएको पाइएको भन्दै बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न विभागले निर्देशन दिएको हो ।

विभागले बिहीबार एक सूचना जारी गरी रुपन्देहीको बायोज्ञान रिमेडिज प्रालिको आइट्याक ( इट्राकानोजोल क्यापसुल १०० एमजी),पर्साका प्राइम फर्मास्युटिकल्सको फेक्जिस्ट (फेक्जोफिनाडाइन हाइड्रोक्लोराइड ओरल ससपेन्सन) र भास्कर हर्बस्युटिकल्सको ग्यास्टोजेल ससपेन्सन २०० एमएललाई विक्रि बितरणमा रोक लगाएको जनाएको हो ।

त्यसैगरी मोरङको एमटेक मेड प्रालिको दुईवटा इनक्स (इट्राकानोजोल क्यापसुल बीपी, भक्तपुरको सिटिएल फर्मास्युटिकल्सको लिपिलेज १०, बाराको मेगनस फर्मा प्रालिको इरगोनल–२०० र आर्या फर्माल्याबको सिनट्रयान –२०० रहेका छन् ।