म मरुँकी बाँचू भएँ |
—————
न आँखालेहेर्छौ नतशिर छ ठाडो किनकिन!
न मायाले बेर्छौ नत वचन छोड्छौ किनकिन?
बसी धेरै रोएँ जब सकस देखें दिनदिन
कहाँ पोखूं बाधा परपरहुँदा यी मनकिन।१
***
सुके मेरा गाला सुँक सुँक रुंदैमा हरदिन
न सोँचेको छायो कति समय लाग्ला बदलिन
निराशाले पोल्यो भतभति कलेजी मुटु अनि
हिँडे मीठा मीठा अमर सपना जीवनभरी।२
***
थिए प्याला प्यारा दिनकर उज्याला मनहरू
म यो देख्दा देख्दै मधुर सपना व्यार्थ नमरू
भयौ टाढा टाढा कठिन छ सधै बाँचन बरू
तिमी भन्दाप्यारो यसजगतमा को छर अरू।३
***
सधै टाढा टाढा अलमल हुँदा रुन्छु म बसि
करेसामा लामादिनहुँ पटुकीले मन कसि
हरायौ के प्यारा तनविच परे यी ननजरमा
भए धेरै लम्बा अवधि अबलौ फर्क घरमा।४
***
नता गोरी गोरी नत नयनमा गाजल पनि
नता हिस्सी काली नत हृदयमा चंचल अनि
सधै यौटै उस्तै चपल नबनी बाँचन भनी
अरुभन्दा कोही फरक नबन भन्दैछु म पनि।५
***
सदा एक्लै रुन्छेमयुर बिचरी देख्छु बनमा
तिमी टाढा टाढा विचलनपरे दुख्छ मनमा
सुनाएँ मैले यी बिधिवत कुरा प्रेम मनले
सबै इच्छा पूरा सहज हुन मिल्दैन धनले।६
****
-ऋषिराम खनाल