Share this News on Social Networking Pages

बुटवल, १४ फागुन ।
नेपाल मगर संघ बुटवल उपमहानगरसमितिले फागुन १५ गते मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।

संघले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी यहि फागुन १५ गते मगर एकता दिवसको अवसरमा बुटवलको हस्पताल लाईनमा वृहत झाँकी, भेषभुषा सहितको ¥याली,सभा तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको जानकारी गराएको हो ।

मगर एकता दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा नेपाल मगर संघका संस्थापक महासचिव सुरेश कुमार आले मगर आउने कार्यक्रम रहेको संघका बुटवल उपमहानगर समिति अध्यक्ष थर्क बहादुर बारघरे मगरले जानकारी दिए ।

यस्तै सोही कार्यक्रममा विविसीको १०० औ जना महिलाको सूचीमा समावेश भएकी सपना रोका मगरलाई विशेष सम्मान कार्यक्रम समेत तय गरिएको नगर अध्यक्ष बारघरे मगरले बताए ।

पत्रकार सम्मेलनमा नेपाल मगर संघका केन्द्रीय कोषाध्यक्ष कमला थापा मगरले लुम्बिनी प्रदेशको नामाकरण भएपनि यस प्रदेशको नाम मगरात प्रदेश हुुनुपर्ने आफुहरुको माग यथावत रहेको बताईन ।

मगर भाषालाई पाठ्यक्रममा समावेश गरिनुपर्ने, स्थानीय पाठ्क्रम मगर समुदायको पहिचानलाई समेत समेटिनुपर्ने,आसान्न जनगणनामा मगर समुदायको जनसंख्यकीय विवरण पुर्णरुपमा सत्य तथ्यमा आधारित हुनुपर्ने,नेपालका प्रथम सहिद लखन थापा मागरलाई राष्ट्रिय विभुती घोषणा गरिनुपर्ने लगायतका माग नेपाल मगर संघले राखेको छ ।