Share this News on Social Networking Pages

सत्ता साझेदारीबारे प्रचण्ड – नेपाल समूह र जसपाका नेताहरुबीच छलफल
काठमाण्डौ,१३ फागुन ।
संसद पुनःस्थापना भएसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ ।
सोही क्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच बिहीबार छलफल भएको छ ।

प्रतिनिधिसभा पुनःस्थापनासँगै अब बन्ने नयाँ सरकारका लागि सत्ता साझेदारीबारे छलफल भएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।

हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेको नेकपाको प्रचण्ड–नेपाल समूहले आज जसपाका नेताहरुसँग छलफल गरेको हो । प्रचण्ड–नेपालका नेताहरुसँग भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता महतो, नेता राजेन्द्र श्रेष्ठलगायत नेताहरु पेरिसडाँडा पुगेका थिए ।

प्रतिनिधिसभामा दुईजना निलम्बितबाहेक जसपाका ३२ जना सांसद रहेका छन् । छलफलका क्रममा संविधानमा पहिलेदेखि आफूहरुले नै राख्दै आएका असन्तुष्टिका मुद्दाहरुबारे पनि छलफल भएको वरिष्ठ नेता महतोले बताए ।