बुटवल,१३ फागुन ।
नेकपा मसालका महासचिव मोहन विक्रम सिंंहले संसद पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला संगै मुलुक राजनीतिक अस्थिरतातर्फ जान सक्ने बताएका छन् ।
मुलुुकलाई अस्थिरता तर्फ लैजाने कार्य भने प्रधानमन्त्री ओली आफैले गरेको आरोप लगाए ।
प्रगतिशील पत्रकार संघ रुपन्देहीद्धारा बिहिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव सिंहले सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गरेर मुलुक अराजनीतिक र असंवैधानिक बाटोमा जानबाट रोकेको बताए ।
असंवैैैैैैैैैैैैैैैैैैैैैैधानिक रुपमा विघटन गरेको संसद पुनस्र्थापना हुनु सकारात्मक भए पनि संसद पुनस्थार्पनासँगै मुलुकमा नयाँ चुनौतिहरु पनि थपिएको भन्दै उनले मुलुकमा राजनीतिक स्थायित्व स्थिरताका लागि लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु मिलेर जानुपर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्नेमा जोड दिए ।
मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउनकै लागि संसद विघटन गरिएको भन्दै महासचिव सिंहले संसदमा कुनै दलको पनि बहुमत नभएको अवस्थामा भारत लगायतका विदेशी मुलुकहरुले आ आफ्नो स्वार्थ अनुरुप चलखेल गर्नसक्ने तर्फ सबै सचेत हुनुपर्ने आवस्यकता औल्याए ।
नेपालमा दुई तिहाई नजिक बहुमत प्राप्त गरेको नेकपाले पनि सरकार चलाउन सकेन, नेपालमा कम्युनिष्टको सरकार चल्न नसक्नुको कारण के होला भन्ने पत्रकारहरुको जिज्ञासामा महासचिव सिंहले नेकपा नेपालमा कम्युनिष्टको सरकारनै नबनेको दाबी गरे ।
उनले भने–‘नेपालमा अहिले जसलाई कम्युनिष्ट पार्टी भनेर भ्रम फैलाइएको छ उनिहरु कम्युनिष्ट पार्टीनै होइनन् ।’
प्रधानमन्त्री ओलीे पार्टी पद्दती र संविधानको मर्म र भावना अनुरुप चल्न नसक्दा मुलुकमा यो अवस्था आएको भन्दै उनले मुलुकलाई राजनीतिक अस्थिरता र अराजकतातर्फ जान नदिन संविधान पक्षधर शक्तिहरु एक ठाउमा उभिनुपर्ने बताए ।
उनले नेपालमा ओली समूह र नेपाली कांग्रेस मिलेर मुलुकको राष्ट्रियता र राष्ट्रिय स्वाधिनता विपरितका गतिविधि हुनसक्ने आशंका व्यक्त गरे ।