Share this News on Social Networking Pages

दाङ,१२ फागुन ।
कोइलाखानीमा पुरिएर दाङमा एक जना मजदुरको मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका १९ राम्चेमा कोइला निकाल्दै गरेका सोही वडाको तिर्साङका ४५ वर्षीय मोहनलाल कामीको पुरिएर मृत्यु भएको जिला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कोइला निकाल्ने क्रममा खानीमा माथिबाट खसेको कोइलाले च्यापेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।