Share this News on Social Networking Pages

काठमाडौं,१० फागुन ।
संसद् विघटन र अधिनायकवादविरुद्ध निरन्तर शान्तिपूर्ण र सिर्जनात्मक प्रदर्शन गर्दै आएको विवेकशील पार्टीले आज फूलमालासहित प्रदर्शन गरेको छ ।

अधिनायकवादविरुद्धको ३७ औँ कार्यक्रम अर्गत विवेकशील पार्टीले आज फूलमालासहित प्रदर्शन गरेको हो ।

नागरिकहरुको लामो समयदेखिको चाहना र ठूलो त्यागबाट बनेको संविधान समाप्त पार्ने बाटोमा नलाग्न र नागरिकहरुमा निहित सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गर्दै फूलमाला लिएर प्रदर्शन गरेको विवेकशील पार्टीका नेता लक्ष्मण श्रेष्ठले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको पछिल्लो कदमप्रति विवेकशील पार्टीले अधिनायकवादविरुद्ध हरेक सोमबार र बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएको छ ।