Share this News on Social Networking Pages

बुटवल ६ फागुन
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहितका चार बाम दलको रणनैंतिक संयुक्त मोर्चाका नेताहरुले संसदीय व्यवस्थाका विरुद्ध क्रान्तिको झण्डा उठाउंने उद्घोष गरेका छन् ।

संसदीय व्यवस्था जनताको व्यवस्था नभई दलालहरुको भएको भन्दैं त्यसको अन्त्यका लागि क्रान्तिको झण्डा उठाउंने उनीहरुले चेतावनी समेत दिएका छन् ।

रणनैतिक संयुक्त मोर्चाद्धारा आज बुटवलको ट्राफिकचोकमा आयोजना गरेको जनसभालाई सम्बोधन गदैं मोर्चाका नेताहरुले उक्त उद्घोष गरेका हुंन् ।

कार्यक्रममा बोल्दैं नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले प्रतिगामी संसदीय व्यवस्था खतम गरि संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि संघर्षको आंधीबेहरी ल्याउंनुपर्नेमा जोड दिए ।

कम्युनिष्टको नाममा मुलुकमा दलाल संसदीय व्यवस्था हावी रहेको भन्दैं उनले त्यसको अन्त्यका लागि क्रान्तिकारी कम्युनिष्टहरु एकीकृत र धु्रबीकृत हुंनुपर्ने आवश्यकता औल्याए ।

प्रधानमन्त्री केपी ओली प्रतिगामी र प्रचण्ड–नेपाल यथास्थितिवादी सोचका साथ अगाडि बढेको भन्दैं उनले निर्वाचन वा संसद पुर्नस्थापनाबाट मुलुकले निकास नपाउंने दाबी गरे ।

मोर्चाका सदस्य समेत रहेका उनले विप्लवमाथिको प्रतिवन्ध हटाउंनुपर्ने बताउंदैं विप्लवका राजनैतिक समस्या दमनबाट होइन राजनैतिक रुपमैं हल गर्न आग्रह गरे ।
नेकपाका संयोजक ऋषिराम कट्टेलले सरकारले विप्लवमाथि लगाएको प्रतिवन्ध जनताले खारेज गरेको बताए ।

संसदीय व्यवस्था रहेसम्म मुलुकले निकास नपाउंने बताउंदैं उनले कम्युनिष्टको नाममा ओली–प्रचण्ड ठग भएको टिप्पणी गरे ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुतिले मुलुकमा व्यक्तिमा होइन दलाल पूजिवादी संसदीय व्यवस्थामा संकट उत्पन्न भएको बताए ।

रणनैतिक संयुक्त मोर्चाका सदस्य भेषराज भुसालले जनताले क्रान्ति र विकल्प खोजेको भन्दैं ओली र प्रचण्डबाट त्यो संभव नभएको दाबी गरे ।

अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा.ओम गुरुङले कम्युनिष्टको नाममा ओली र प्रचण्डले जनतामा भ्रम पारेको भन्दैं संसदीय व्यवस्थाका विरुद्ध उत्पीडित जाति–समुदाय क्रान्तिमा गोलवन्द हुंन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी,वामपन्थी नेता शसिधर भण्डारी,माक्र्सवादी विचार मञ्चका सचिव बिनबहादुर कुंवर,नागरिक समाजका पदमबहादुर कार्की लगायतले बोल्दैं संसदीय व्यवस्थाको विकल्पमा जानुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम नेकपा क्रान्तिकारी माओवादी लुम्बिनी प्रदेश समितिका सचिव भुपेन्द्र न्यौपानेको अध्यक्षता,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकुमार राङवाङको सञ्चालन तथा नेकपाका सहसंयोजक अम्बिका थैबको स्वागतमा सम्पन्न भएको थियो ।

यसअघि बुटवलको राजमार्गचौराहबाट शुरु भएको र्यालीले बुटवल बजार परिक्रमा गरि ट्राफिकचोकमा पुगेर जनसभामा परिणत भएको थियो ।