बुटवल,५ फागुन ।
नेपालमा बुधबार एक सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार आठ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या दुई लाख ७३ हजार ७० जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ९१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमित निको हुनेको संख्या दुई लाख ६९ हजार तीन सय ९४ पुगेको छ ।
गएको २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म दुई हजार ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर एक हजार ६ सय २१ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ७४ जनाको सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।