बुटवल,४ फागुन ।
रुपन्देहीमा फागुन ६ र ७ गते फष्ट लाफा ईन्टर रुपन्देही फुटसल प्रतियोगिता हुने भएको छ ।
बुटवलमा रहेको लाफा समुहले पहिलो पटक फुटसल प्रतियोगिता आयोजनामा गर्न लागेको हो ।
बुटवलमा रहेर विभिन्न खेलकुदको गतिविधि तथा सामाजिक क्षेत्रमा अग्रसर रहेको समुहले फुटसल प्रगियोगिताको तयारी समेत पुरा भइ सकेको समुहका अध्यक्ष तारा सिंह रेश्मीले जानकारी दिए ।
प्रतियोगिताका लागि टिम दर्ता, पुरस्कार सौजन्य लगायतको सबै काम पूरा भएकोे खेल संयोजक प्रविन थापा दर्लामीले बताए ।
स्थानिय खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका करीब २५ टिम सहभागी हुने उनले बताए ।
प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक वारिस रानाले जानकारी दिए ।
यसैगरि उपविजेताले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट ३ विधाका खेलाडीहरुलाई समेत ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा दुई दिनसम्म संचालन हुने प्रतियोगितामा डेढ लाख खर्च हुने अनुमान गरिएको छ ।
यसैबिच आयोजक र पत्रकारका बिचमा मैत्रीपुर्ण प्रतियोगिता समेत गरिने उनले जानकारी दिए । केही दिन अगाडी मात्रै तेस्रो लाफा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको समुहले वार्षिक क्यालेण्डर अनुसार खेलकुद गतिविधिसंगै वर्षको दुइ पटक रक्तmदान संगै सामाजिक कार्य गर्दै आएको छ ।