काठमाण्डौ,४ फागुन ।
नेपालमा मंगलबार थप एक सय पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ६० जनाको पीसीआर परीक्षण गर्दा एक सय पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ७२ हजार नौ सय ४५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना संक्रमित निको भएका छन् ।
यससँगै निको हुने कोरोना संक्रमितको संख्या दुई लाख ६९ हजार तीन सय तीन पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म दुई हजार ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर एक हजार पाँच सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।