काठमाण्डौ,३ फागुन ।
नेपालमा सोमबार एक सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा तीन हजार पाँच सय ४१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७२ हजार आठ सय ४० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक सय ४४ जना निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म दुई लाख ६९ हजार दुई सय चार जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या दुई हजार ५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर एक हजार पाँच सय ८१ जना सक्रिय संक्रमित रहेका छन् ।