Share this News on Social Networking Pages

बुटवल,२ फागुन ।
लायन्स क्लव अफ बुटवल क्यापिटल र लायनेस क्लव अफ बुटवलको संयुक्त आयोजनामा आइतबार रुपन्देहीको हर्नैयामा निशुल्क आखाँ परीक्षण तथा न्यानो कपडा वितरण भएको छ ।
कार्यक्रमको संघीय संसदमा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले उद्घाटन गरेका हुन् ।

शिविरको उद्घाटन गर्दै पुर्व मन्त्री तथा कांग्रेस प्रमुख सचेतक खाँणले जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने दायित्व सरकारको भए पनि जनताको पक्षमा काम गर्न छाडेर सरकार आन्तरिक कलहमा फसेको बताए ।

संविधानले जनतालाई आधारभूत स्वास्थ्य सेवा तथा शिक्षा सरकारले उपलब्ध गराउने सुनिस्चित गरे पनि सरकार आफ्नो जिम्मेवारी र दायित्वबाट पन्छिएर बेला न कुबेला चुनावको घोषणा गरेको उनको आरोप थियो ।

जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन नसक्ने दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बिपरीत संसद विघटन गरी चुनाव घोषणा गरेको भन्दै खाँणले राजनीतिक स्थायित्व र समृद्धिको नारा दिएर चुनाव जितेको नेकपा सरकारले मुलुकलाई समृद्धितर्फ लैजानुको साटो उल्टै अस्थिरता निम्त्याउनुकासाथै जनताको टाउकोमा थप ऋणको भार बोकाउने चुनाव घोषणा गरेको बताए ।

लायन्स क्लब अफ बुटवल क्यापिटलकी अध्यक्ष रीता केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा रुपन्देही क्षेत्र नं ४ बाट निर्वाचीत सांसद प्रमोद यादव, संविधान सभा सदस्य मोहम्मद इस्तयाक खान, प्रदेश सभा सदस्य पुस्पा थरुनी, लायन्स क्लव ३२५ बि २ का पूर्व गभर्नर अर्जुनमान सैजु, लायन्स क्लव अफ बुटवल डिस्ट्रीक कोअडिनेटर नरेश कुमार श्रेष्ठ, नेपाली कांग्रेसका महासमिति सदस्य हरीध्वज मल्ल,कांग्रेस रुपन्देहीका नेता प्रेमबहादुर फौदार,लायनेस क्लव अफ बुटवलकी अध्यक्ष मिश्रा श्रेष्ठ,लायन्स क्लव अफ बुटवल क्यापिटलकी उपाध्यक्ष प्रभा अर्याल, महिला नेत्री प्रेम कुमारी चौधरी,नन्दा थरुनी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

सो अवसरमा ७ सय जनाको आखा परीक्षण गरिनुकासाथै न्यानो कपडा वितरण गरिएको लायन्स क्लव अफ बुटवल क्यापिटलले जनाएको छ ।