Share this News on Social Networking Pages

बुटवल ,२ फागुन ।
प्रदेश सरकार स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको प्रदेश स्तरीय खुल्ला कविता प्रतियोगितामा बर्दीया बासगढिकी निरञ्जना कुमारी चन्द प्रथम भएकी छन् ।

प्रतियोगितामा गुल्मीका मित्र गौतम दोश्रो र बर्दियाका त्रिलोचन सुवेदी तेश्रो भएका छन्।

त्यस्तैगरी प्रतियोगितामा केदारनाथ सुवेदी, थानेश्वर ज्ञवाली र उमा अधिकारी सान्त्वना हुन सफल भए ।

४६ जनाको कविताबाट छनोट भएका १५ जनाको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुनेले १० हजार,द्धितिय हुनेले ७ हजार ५ सय र तृतिय हुनेले ५ हजार तथा सान्त्वना हुनेले ३ हजार पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्दै प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रतियोगितामा कक्षा १० देखि वरिष्ठ कविहरुको सहभागी हुनुले लुम्बिनी प्रदेश साहित्य क्षेत्रमा अघि रहेको बताए ।

प्रदेशमा पुराना पुस्तासँगै नँया पुस्तामा पनि शाहित्यमा रुचि बढ्दै जानु सकारात्मक भएको उनले बताए ।

कबिता लेख्नेहरुले अरूको कविता पढ्ने , सुन्ने र निरन्तर लेख्दै जान समेत उनले सुझाब दिए ।

सामाजिक विकास मन्त्रालयका सचिव महादेव पन्थको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्णायक संयोजक वरिष्ठ साहित्यकार ऋषिराम भुषाल,मन्त्रालयका अधिकृत हरी अर्याल लगायतले साहित्यका विविध पाटाहरुबारे प्रकास पारेका थिए ।

प्रतियोगितामा प्युठान , अर्घाखाँची , पाल्पा ,दाङ, कपिलवस्तु , रूपन्देही , गुल्मी जिल्लाबाट प्रतियोगिले भाग लिएको सामाजिक विकास मन्त्रालयका सचिब महादेव पन्थले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकार स्थापना भएको अवसरमा प्रदेश सरकारले विभिन्न कार्यक्रमको आयोजना गरि मनाईरहदा समाजिक विकास मन्त्रालयले खुल्ला कविता प्रतियोगिताको आयोजना गरेको हो ।