Share this News on Social Networking Pages


अझै एक कार्यकाल पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पद सम्हाल्न महासचिव पौडेलको प्रधानमन्त्री ओलीलाई आग्रह

बुटवल,१ फागुन ।
प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले अगाडी सारेको विकास र समृद्धिको योजनाबाट अत्तालिएर देशी विदेशी शक्तिहरु सरकार ढाल्ने अभियानमा लागेकोले संसद विघटन गर्नु परेको प्रष्टिकरण दिएका छन् ।

नेकपा ओली समूहद्धारा शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धि देख्न नचाहने देशी विदेशी शक्तिहरु र पार्टी भित्रैबाट सरकार ढाल्ने अभियानमा लागेकोले संसद विघटन गर्नुपरेको प्रष्टीकरण दिएका हुन् ।

उनले भने ‘बिरोधिहरु यत्तिकै आत्तिएका होइनन् हामिले गरेको असाधारण विकासबाट आत्तिएर सरकार ढाल्ने अभियानमा लागेका हुन् ।’

आफ्नो नेतृत्वमा सरकार बनेपछि सडक,पुल निर्माणमा ऐतिहासिक काम भएको र मुलुक विकास र समृद्धिको बाटोमा अगाडी बढेको भन्दै ओलीले सरकारले यहि गतिमा काम गर्दै गए आगामि चुनावमा आफुहरुको बाकस रित्तो हुने डरले देशी विदेशी शक्ति अत्तालिएर सरकार ढाल्ने षडयन्त्रमा लागेको दाबी गरे ।

केही स्वार्थी व्यक्तिहरु बाहिरिदैमा पार्टी कमजोर नहुने भन्दै प्रधानमन्त्री ओलीले पार्टीमा रहेका केही स्वार्थी व्यक्तिहरु बाहिर गएपछि पार्टी अनुशासित र थप ससक्त भएको बताए ।

हिजो पार्टी भित्रै रहेर बिरोध गर्थे अहिले पाटी छाडेर सडकबाट बिरोध गरेका छन्् प्रधानमन्त्री ओलीले भने– पार्टीमा बसेर पार्टीलाई बदनाम गर्ने,अनुशासनहीन पार्टीको रुपमा चित्रित गर्ने काम गर्नेहरु पाटी छोडेर जादैमा आत्तिनुपर्ने अवस्था छैन बरु पार्टी थप ससक्त भएको छ ।’

मुलुकको समृद्धि र विकासको लागि नभएर पार्टीका केहि स्वार्थी व्यक्तिहरुले पदका लागि पार्टीमा बिवाद उत्पन्न गरेको आरोप बताउदै उनले विकास र समृद्धिको नेतृत्व गर्ने केपी ओलीलाई लखेट्ने बाहेक उनिहरुसँग केही एजेडा नभएको आरोप लगाए ।

प्रचण्ड–नेपा समूहको नेकपातर्फ लक्षीत गदै प्रधानमन्त्री ओलीले केही एजेण्डा नभएपछि आमसभा गरेर गाली पुराणमा उत्रिएको बताए ।

देशभरीबाट केहि मान्छे काठमाण्डौ लगेर प्रचण्ड–माधव समूहले सभा कस्तो हुन्छ हेर्न आउन आफुलाई भनको भन्दै ओलीले देशभरीका मान्छे जम्मा गरेको सभा नभएर लुम्बिनी प्रदेशको सभा हेर्न बुटवल आउन चुनौती दिए ।

सुर्य चिन्ह कस्को भन्ने बिषयमा कुनै विवाद नभएको भन्दै ओलीले,सुर्य चिन्ह दर्ता गराउने आफुहरुनै भएकाले निर्वाचन आयोगले आफुहरुलाईनै दिने दाबी गरे ।

आफु अहिलेसम्म सुर्य चिन्ह बाहेक अरु चिन्हबाट चुनाव नलडेको भन्दै ओलीले कहिल्यै सुर्य चिन्हबाट चुनाव नलडेको प्रचण्डले नेतृत्व गरेको पार्टीको चुनाब चिन्ह सुर्य कि नेकपा एमाले दर्ता भएर चुनाबमा गएदेखि लगातार सुर्य चिन्हबाट चुनाव लडेको व्यक्तिले नेतृत्व गरेको पार्टीको चुनाव चिन्ह सुर्य भनि प्रश्न गरे ।

ताजा जनादेशमा जाने बिषयलाई प्रतिगमन भनेर चित्रित गर्ने प्रयास गरेको भन्दै उहाँले जनतामा जाने कुरालाई प्रतिगमन भनेर कस्तो लोकतन्त्र खोज्नु भएको हो भनि प्रश्न गरे ।
सडकमा केही मान्छे देखाएर जनता संसद विघटनको विपक्षमा छन् भन्ने देखाउन खोजेको भन्दै उनले जनता कस्को पक्षमा छन भन्ने कुरा सडकमा टाउको गनेर नभएर मतपत्र गनेर फैसला हुने विचार व्यक्त गरे ।

आगामि निर्वाचनमा आफु नेतृत्वको नेकपाले समानुपातिक तर्फ ५० लाख मत र प्रत्यक्षतर्फ बहुमत सिट ल्याउने दाबी ओलीको दाबी छ ।

निर्मला हत्या काण्ड र भागरथी हत्यामा संलग्नहरुलाई पानिमुनि गएर भए पनि कानूनी दायरामा ल्याएरै छाड्ने भन्दै ओलीले मुलुकमा शान्ति सूरक्षाको अवस्था थप मजवुद बनाइने बताए ।
नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले नेकपा पार्टी नफुटेको भन्दै केही स्वार्थी तत्व चोइटिएर गएको बताए ।

प्रतिपक्षीले समेत बिरोध गर्न नसकेको अवस्थामा पार्टी भित्रैबाट सरकारको बिरोध भएको भन्दै महासचिव पौडेलले सरकारलाई काम गर्न नदिएको आरोप लगाए ।

घोषित मितिमा चुनाव भएरै छाड्ने भन्दै महासचिव पौडेलले दुनियाको कुनै पनि शक्तिले चुनाव रोक्ने नसक्ने दाबी गरे ।

केपी ओलीको नेतृत्वमा मुलुक समाजवादमा पुग्ने बताउदै उनले अझै एक कार्यकाल पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पद सम्हाल्न प्रम ओलीलाई आग्रह गरे ।

पार्टीका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशले बुटवलबाट राष्ट्रलाई सन्देश दिदै आएको स्मरण गर्दै यो सभाले लुम्बिनी प्रदेशका जनता चुनावको पक्षमा छन् भन्ने सन्देश दिएको बताए । वैशाखमा चुनाव हुने मात्रै नभएर पहिलेभन्दा धेरै सिट ल्याउने उनको दाबी छ ।

स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझी सरकार छाडेर सडकमा गएका नेकपाका केही साथीहरुले फैलाएको भ्रम चिर्न जनसभा आयोजना गरिएको बताए ।

नेकपा ओली समूहका लुम्बिनी प्रदेश संयोजक लिला गिरीको अध्यक्षतामा सम्पन्न सभामा पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्ट,स्थायी कमिटी सदस्य छवीलाल विश्वकर्मा, केन्द्रीय सदस्य राधा ज्ञवाली,रुपन्देही संयोजक शिवराज सुवेदी लगायतले आ आफ्नो भनाई राखेका थिए ।