बुटवल,२९ माघ ।
नेपालमा बिहीबार थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार २३ जनाको पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म दुई लाख ७२ हजार चार सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप एक सय ११ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
यससँगै नेपालमा दुई लाख ६८ हजार ६ सय ६० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५२ पुगेको छ ।
अहिले आइसोलेशनमा रहनेको संख्या एक हजार सात सय १८ रहेको छ ।