Share this News on Social Networking Pages

बुटवल,२९ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख राजनीतिक सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियुक्त भएका छन् ।

बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले मुख्यमन्त्री शंकर पाखरेलको प्रमुख राजनीतिक सल्लाहकारमा पाल्पाका झपेन्द्र बहादुर जिसी र जनसम्पर्क सल्लाहकारमा दाङका छविलाल वलीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।

प्रमुख राजनीतिक सल्लाहकारले राज्यमन्त्री र जनसम्पर्क सल्लाहकारले सहायकमन्त्री सरह सेवा सुविधा प्राप्त गर्नेगरी नियुक्त गरिएको प्रवक्ता चौधरीले बताए ।

संघीय सरकारले संवैधानिक निकाय लगायत विभिन्न विभागहरुमा नियुक्तिको सृङ्खला अगाडी बढाइरहेका बेला लुम्बिनी प्रदेश सरकारले पनि राजनीतिक नियुक्तिलाई अगाडि बढाएको हो ।

संसद विघटनको विषयलाई लिएर नेकपा विभाजित भैरहेका बेला प्रदेश सरकार स्थापना भएको तीन बर्ष पुग्नैलाग्दा मुख्यमन्त्रीको राजनीतिक र जनसम्पर्क सल्लाहकार नियुक्त भएका हुन् ।

प्रदेश सरकारले आगामि चैत्र १९–२० गते लगानि सम्मेलन गर्ने निर्णय गरेको छ भने प्रदेश सरकारद्धारा सञ्चालित चार आइसोलेशन केन्द्रको म्याद असार मसान्त सम्म थपेको छ ।

त्यस्तै वैठकले प्रदेश अनुसन्धान व्यूरो स्थापना र संरचना सम्बन्धी कानूनी व्यवस्था गर्न बन्ने विधेयकको अवधारणा पत्रलाई सैद्धान्तिक सहमति दिने निर्णय समेत गरेको छ ।