कपिलवस्तु,२८ माघ ।
लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य तथा नेपाली कांग्रेस कपिलवस्तुका नेता राजेश ज्ञवालीको पहलमा कपिलवस्तुको तौलेश्वरनाथ उच्च माध्यामिक विद्यालयका वालवालिकाहरुलाई मास्क वितरण गरिएको छ ।
जिल्लाको कपिलवस्तु नगरपालिका वडा नः २ मा रहेको तौलेश्वरनाथ उच्च माध्यामिक विद्यालयका वालवालिकाहरुलाई बुधबार एक कार्यक्रमकाबीच ६ सय पिस मास्क वितरण गरिएको छ ।
स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो भन्ने मुल नारा साथमा विद्यालयहरु मा मास्क वितरण अभियान सञ्चालन गर्दै आएका ज्ञवालीले आज तौलेश्वरनाथ उच्च माध्यमिक विद्यालयमा मास्क वितरण गरिएको हो ।
कोरोना भाइरस संक्रमण हुनबाट जोगाउन तथा धुलोधुवाका साथसाथै अन्य रोगहरु बाट बचाउन पनि मास्क उपयोगि भएकोले विद्यालयहरुमा मास्क वितरण अभियान सञ्चालन गरेको ज्ञवालीले जानकारी दिए ।