बुटवल,२७ माघ ।
रुपन्देहीको सैनामैनामा जारी तेश्रो सैनामैना मेयर कप नकआउट फुटवल प्रतियोगिताको चौथो दिन पहिलो चरणका खेलहरु सम्पन्न भएको छ ।
मंगलवार सम्पन्न प्रतिस्पर्धामा नव कञ्चन फुटवल क्लवलाई ३–१ गोल अन्तरले मुर्गिया फुटवल क्लव,सूर्योदयले पराजित गरी दोश्रो चरणमा प्रवेश गरेको छ ।
मंगलवार भएको प्रतिस्पर्धामा मुर्गिया फुटवल क्लव,सूर्योदयका अरुण चौधरी म्यान अफ द म्याच घोषित भएका छन ।
प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैया नगद सहित कप र मेडल प्राप्त गर्ने छ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित कप तथा मेडल प्राप्त गर्ने छ ।
प्रतियोगितामा अन्तिम ४ मा पुग्ने दुई समुहलाई सान्त्वना स्वरुप २०÷२० हजार रुपैया नगद पुरस्कार प्राप्त गर्ने छन भने प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई माउण्टेन साइकल वा १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन । यस्तै उत्कृष्ट स्ट्राइकर, डिफेण्डर, गोल रक्षक, मिड फिल्डर, उत्कृष्ट कोच तथा सर्वाधिक गोलकर्तालाई नगद ५÷५ हजार पुरस्कार प्रदान गरिने र प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीले जनही २ हजार रुपैया र अवार्ड प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सैनामैना नगरपालिकाको आयोजना र जनप्रिय स्पोर्टिङ युवा क्लव,देवापारको व्यबस्थापनमा भएको प्रतियोगितामा १२ फुटवल टिमले सहभागिता रहेको छ ।