बुटवल,२६ माघ ।
नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पूर्व प्रधानमन्त्री स्व.सुशिल कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा बुटवलमा दिप प्रज्वलन भएको छ ।
सुशिल कोइराला सोसलिष्ट युथ सर्कल रुपन्देहीको आयोजनामा सोमबार बेलुका बुटवलको अस्पताललाइनमा दिप प्रज्वलन गरिएको हो ।
सोसलिष्ट युथ सर्कल रुपन्देहीका सभापति बाबुराम न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डे,नेपाल विद्यार्थि संघका केन्द्रीय उप सभापति मुक्ति पौडेल लगायतले बोल्दै बर्तमान अवस्थामा स्व.सुशिल कोइरालाले अपनाएको सादगी जिवनको महत्व थप बढेर गएको बताए ।