बुटवल,२५ माघ ।
बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियु छैठौंले बुटवलमा प्रदर्शन गरेको छ ।
अखिल छैटौं जिल्ला कमिटी रुपन्देहीको आयोजनामा बुटवलको अस्पताललाइनमा प्लेकार्ड र ब्यानर सहित प्रदर्शन गरेको हो ।
कार्यक्रममा अखिल छैठौं रुपन्देही अध्यक्ष सरोज मान सिंह,सचिब सागर वेलवासे लगायतले बोल्दै निर्मला पन्तको जस्तै अपराधीलाई कारबाहीको दायरामा नल्याउने षडयन्त्र हुनसक्ने भन्दै तत्काल दोषि पत्ता लगाई कारबाही गर्न माग गरे ।
प्रदर्शनमा निर्मला पन्त र भागिरथि भट्ट का बलत्कारि र हत्यारालाई कार्बाहि गर, सम्पुर्ण बालिकाहरुको सुरक्षा गर,सरकारी उदासिनता मुर्दावाद जस्ता नारा लगाएका थिए ।