Share this News on Social Networking Pages

कपिलवस्तु,२३ माघ ।
शान्तिका अग्रदुत गौतम बुद्धले २९ बर्ष बिताएको पबित्र ठाउँ तिलौराकोट लाई बिश्व सम्पदा सुचिमा सुचिकृत गर्ने गराउने क्रममा संरक्षित स्मारक क्षेत्र घोषणा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार कपिलवस्तु संग्रलयमा भएको कार्यक्रममा लुम्बिनी बिकास कोष , पुरातत्व बिभाग , स्थानिय सरकारका प्रतिनिधीहरु , राजनितिक दलका पार्टी प्रतिनिधी , पत्रकार र स्थानिय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

छलफल कार्यक्रममा नेपाल सरकार पुरातत्व बिभाग बिश्व सम्पदा संरक्षण शाखा प्रमुख शुरेस सरस श्रेष्ठले संरक्षित स्मारक क्षेत्र घोषणा प्रक्रियाको बारेमा जानकारी गराएका थिए ।

संरक्षित क्षेत्र घोषणाको लागि ४ किल्ला तोक्नु पर्ने बताउदै उनले चार किल्ला भित्रको कति क्षेत्रफल चाहिने र कुन कुन क्षेत्र भन्ने विषयमा भने स्पष्ट खुलाएनन् ।

स्थानिय सरकारका प्रतिनिधी , राजनितिक दलका प्रतिनिधी , स्थानिय बासी लगायतले तिलौराकोट लाई बिश्व सम्पदा सुचिमा सुचिकृत गर्नको लागि चालिएको प्रक्रियाको प्रसंसा तथा सहयोग गर्ने प्रतिबद्धता जनाउनुका साथै तिलौराकोट जग्गा अधिग्रहण प्रक्रियाको बारेमा पनि चाँसो देखाएका थिए ।
कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले संरक्षित क्षेत्र घोषण प्रक्रियामा आफुहरुले सघाउने बताउदै बर्षैा देखी यही स्थानमा बस्दै आएका स्थानियवासीहरुको जनजिविका संचालन र ब्यवस्थापनमा पुरातत्व बिभाग र लुम्बिनी बिकास कोष गम्भीरहुनु पर्ने बताए ।

त्यसै गरी राजनितीकर्मी बाबुराम खनालले किसानहरुलाई सरकारले उचित मुआब्जा प्रदान गर्ने र बफर जोन तथा कोर जोनमा परेका सबै जग्गा अर्थात श्रेस्ता अनुसार अधिग्रहण गरि ब्यवस्थापन गर्नु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले जिल्लाका पुरातत्वसंग सम्बन्धित ठाउका स्थानियहरुसंग मिलेर कार्यक्रमहरुको तय गरि अगाडी बढ्ने बताए ।

पुुराततव बिभागका जग्गा अधिग्रहण प्रारम्भिक अधिकारी राम बहादुर कुवँरले २०७३ साल देखी हाल सम्मा २५ बिगहा क्षेत्रफल जग्गा अधिग्रहण भएको र मन्त्रिपरिषद बाट ७५ बिगहा जग्गा यस बर्ष अधिग्रहण गर्ने पारित भएको जानकारी दिए । तर रकम यस बर्षको लागि १४ करोड ९० लाख मात्र रहेको हुनाले शिवगढ गाउँको २० घरधुरी र केही खोती वाला जमिन मात्र अधिग्रहण गर्न सकिने उनले बताए ।

अन्तरगत गाउँ ब्लक जग्गामा घर बनाई बसेका र बिबिध कारणले लालपुर्जा प्राप्त गर्न नसकेकाहरुको लागि यही माघ ७ गते बसेको बैठकले उहाँहरुले पनि यस बर्ष लालपुर्जा प्रप्त गर्ने र जग्गा पनि अधिग्रहण हुने बताएका थिए ।

लुम्बिनी बिकास कोषका सदस्य सचिव सानु राजा शाक्यको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पुरातत्व बिभाग,लुम्बिनी विकास कोष र स्थानिय सरकारको बीचमा कुनै तालमेल नभएको गुनासो गरेका थिए ।