बुटवल,२२ माघ ।
बुटवलका १६ जना सहित रुपन्देही जिल्लामा बिहीबार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाभर ९ महिला र १२ पुरुष गरी २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ८ हजार ९९३ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहीबार रुपन्देहीको बुटवल उपमहानगरपालिकाका १६ जना,तिलोत्तमा नगरपालिकाका ३ जना तथा सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा रुपन्देहीका ७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा जनाइएको छ ।
रुपन्देही जिल्लामा हालसम्म ८ हजार ७४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने १४४ जनाको मृत्यु भएको छ ।
हाल जिल्लाभर १०२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
बिहीबार नेपालमा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।