Share this News on Social Networking Pages

बुटवल,२१ माघ ।
लुम्बिनी प्रदेश सभाको तेस्रो बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभा स्थापनाको तेस्रो बर्षसम्म आइपुग्दा संघीयताको जग बसाल्ने कार्यमा महत्वपूर्ण उपलब्धी हाशील गरेको बताए ।

प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेश धेरै काममा अग्रस्थगानमा रहेको दाबी गरे ।
सबैभन्दा पहिले प्रदेश योजना आयोग गठन गरी प्रदेश सरकारले योजनावद्ध विकास अगाडी बढाएको भन्दै उनले केन्द्रीय राजनीतिको प्रभाव प्रदेश सरकारमा पर्न नदिने बताए ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता बिरेन्द्र कानौडीयाले जनतालाई समृद्धिको सपना देखाएर सरकारले जनताको आशा र विश्वासमाथि कुठाराघात गरेको आरोप लगाउनुभयो ।
राजनीतिक स्थायीत्व र समृद्धीको नारा दिएर दुइ तिहाइ नजिकको बहुमत ल्याएको बर्तमान सरकारले मुलुकलाई समृृद्धि र स्थायीत्व दिनुको सट्टा असंवैधानिक रुपमा संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाईनै धरापमा पार्ने काम गरेको दाबी गरे ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता सहसराम यादवले सन्तुलीत विकासको नारा दिएर सरकारले किासमा सन्तुलन कायम गर्न नसकेको बताए ।

उपसभामुख कृष्णी थारुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उत्कृष्ठ पाँच कर्मचारीलाई पुरस्कृत गर्नुका साथै एक कर्मचारीलाई सम्मान गरिएको थियो ।

सो अवसरमा प्रदेश सभा सचिवालयकी कानून अधिकृत सीता घिमिरे,इलेक्ट्रिकल अधिकृत छैठौ,प्रहरी सहायक निरीक्षक टेक बहादुर क्षेत्री,कार्यालय सहयोगिहरु दयाराम बास्तोला र साचा कामीलाई पुरस्कृत गरिएको थियो भने कम्प्युटर अपरेटर विवश बोहोरालाई उत्कृष्ठ कर्मचारी सम्मानबाट सम्मानीत गरिएको थियो ।

कार्यक्रममा सभामुख पूर्णबहादुर घर्तीको रचना शिशिर यागीको संगीत र शिशिर योगी तथा सीता आचार्यको श्वर रहेको ‘हाम्रो प्यालो प्रदेश लुम्बिनी’ गीति एल्वमको बिमोचन गरिएको थियो ।

विविध सास्कृतिक झाकी तथा सांगीतिक प्रस्तुती रहेको कार्यक्रमको सञ्चालन प्रदेश सभा सचिवालयकी कानून अधिकृत सीता घिमिरेले गरेकी थिइन् ।