Share this News on Social Networking Pages

बुटवल २१ माघ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले संवैधानिक परिषद्को नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले बलमिचाइँ गरेको भन्दै आह्वान गरेको आम हडतालको पूर्वसन्यामा बुटवलमा मशाल जुलुस निकालिएको छ ।

बुटवलको पुष्पलाल पार्कबाट सुरु भएको मसाल जुलुल ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले बलमिचाइँ गरी संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेको बिरोधमा बिहीबार आह्वान गरेको आम हडताल सफल पार्न नेकपा प्रचण्ड–माधव समूहले मुलुकका प्रमुख शहरमा बुधबार बेलुका मशाल जुलुस निकालिएको सो समुहले जनाएको छ ।