Share this News on Social Networking Pages

कपिलवस्तु,२० माघ ।
कपिलवस्तुमा कोरोना संक्रमित एक प्रधानाध्यापकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको कन्चन गाउँपालिका गरगरे घर भई बाणगंगा नगरपालिका–१० बनकट्टीस्थित एक आधारभूत विद्यालयका प्रधानाध्यापक केशवराज काफ्ले रहेका छन् ।

माघ ३ गते कोरोना संक्रमण पुष्टि भएका काफ्लेको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

दीर्घ रोगका बिरामीसमेत रहेका काफ्लेको उपचारका क्रममा मंगलबार मृत्यु भएको वाणगंगा नगरपालिकाका शिक्षा अधिकृत खिमबहादुर जिसीले जानकारी दिए ।

यसैबीच प्रधानाध्यापक काफ्लेको मृत्युको शोकमा बुधबार शोक बिदा दिन नेपाल शिक्षक महासंघ बाणगंगा नगरपालिकाले आग्रह गरेको छ