लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा जन्मने पहिलो १० जना वालिकालाई जनही ३१०० रुपैयांको आर्थिक सहयोग गर्ने
बुटवल, १९ माघ ।
सामाजिक सेवा गर्ने लक्ष्य सहित स्थापना भएको मानव कल्याण मित्रमञ्च नेपालले अन्र्तराष्ट्रिय नारी दिवस र मञ्चको स्थापना दिवसको उपलक्ष्यमा विविध चेतनामूलक कार्यक्रम गर्ने भएको छ ।
प्रवासी नेपाली मित्रमञ्चको नाममा भारतमा स्थापना गरिएको संस्थाको सहयोगमा नेपालमा संचालित मानव कल्याण मित्र मञ्चले नेपालमा दुखमा परेका असहाय वालवालिका अपाङ्गता भएका व्यक्ति, वृद्ध ,वृद्धाहरुको सहयोगमा सामाजिक कार्य गदै आएको छ ।
मञ्चले गरिव विद्यार्थीहरुलाई न्यायो कपडा कोभिडको समयमा खान नपाएकालाई खाद्यान्य सहयोग गदै आएको छ ।
पीडित अवस्था भएकाहरुले सहयोग प्राप्त गर्नका लागि मञ्चको कार्यालयमा सम्र्पक गर्न समेत मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्यालले आह्वान गरेका छन् ।
आउदो फागुन २४ गते पर्ने नारी दिवसको उपलक्ष्यमा मञ्चले तिलोत्तमा नगर स्तरीय सामुदायिक विद्यालयका मावित हका छात्राबीच नेपाली नारीका समस्या र समाधानका उपाय विषयक वक्तृत्वकलाप्रतियोगिता आयोजना गर्ने मञ्चले जनाएको छ ।
कार्यक्रमका लागि महिला विभाग संयोजक पार्वती केसी र कविता पन्थीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै मञ्चको स्थापनाको दिन आउदो चैत्र ९ गतेका दिन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा जन्मने पहिलो १० जना वालिकालाई जनही ३१०० रुपैयांको आर्थिक सहयोग स्वरुप अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको मञ्चका अध्यक्ष अर्यालले जानकारी दिए ।
मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्यालको सभापतित्व र संरक्षक पुरुषोतम भटृराई, धु्रवराज मरासिनी अम्बिका अर्याल महिला विभाग संयोजक पार्वती केसी कविता पन्थीलगायतको उपस्थितीमा बसेको बैठकले चेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
सामाजिक काम गदै आएको मञ्चले हालै तिलोत्तमाको वनवाटिका नजिकै संचालित कोभिड आईसोलेसन सेन्टरमा २ लाख ५२ हजार बरावरको आईसियू बेड पनि प्रदान गरेको थियो ।