बुटवल,१८ माघ ।
विश्व कुष्ठरोग दिवसको अवसरमा नयाँ जीवनका लागि हातेमालो बुटवलद्धारा कुष्ठ प्रभावितहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
आइतबार बुटवलमा एक कार्यक्रमकाबीच जिल्लाका विभिन्न स्थानमा रहेका ४० जना कुष्ठप्रभावित हरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
कार्यक्रममा जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख डा. विनोद गिरीले कुष्ठ रोग लुकाएर राख्न नहुने भन्दै उपचार गरेर निको हुने भएकाले समयमै उपचार गराउन आग्रह गरे ।
स्वास्थ्य कार्यालय रुपन्देहीकै क्षय कुष्ठ निरिक्षक टिकाराम अधिकारीले बर्षमा एक पटक आफ्नो शरीर जाँच गर्ने अभियानको सुरुवात गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा द ल्यप्रेसी मीसन नेपालको परियोजना संयोजक राधा भट्राई,समाजसेवी सावित्रा अर्याल, सिमा कर्ण, लगायतले आ आफ्नो धारणा राखेका थिए ।