बुटवल,९ मंसिर ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अनुसार आज बुधबार रुपन्देहीका पत्रकारहरुले विरोध प्रदर्शन सहित इलाका प्रशासन कार्यालय बुटवलमा धर्ना दिएका छन् । पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी र सञ्चारमाध्यम माथिको हस्तक्षेपविरुद्ध रुपन्देही शाखाले विरोध प्रदर्शन सहित बुटवलमा धर्ना दिएका हुन् ।
रूपन्देही शाखाले इलाका प्रशासन कार्यालय बुटवलमा धर्ना दिदै सामूहिक गिरफ्तारीको माग गरेको छ ।
महासंघले समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्ने, साइबर कानुनको आडमा सञ्चारकर्मीलाई दुःख दिने तथा प्रेस स्वतन्त्रतामाथि नियन्त्रण गर्ने प्रयास तत्काल रोक्न सरकारसँग माग गरेको छ ।






