काठमाडौं,९ मंसिर ।
नेपाल प्रहरीका ६० जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले मंगलबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको जानकारी दिएको छ ।
विभागका अनुसार सबै जनाको मंसिर महिनादेखिको तलब-भत्ता सरुवा भएकै ठाउँबाट पाउनेछन् । सोही अनुसारको अभिलेख राखिदिन विभागले राष्ट्रिय किताबखानालाई अनुरोध गरेको छ ।






