नवलपरासी,२ मंसिर ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य हिमालदत्त श्रेष्ठले डिजिटल माध्यमबाट पार्टीमाथि भएको आक्रमणको डिजिटल माध्यमबाटै जवाफ दिनुपर्नेमा जाेड दिएका छन् ।
नेपाली कांग्रेस रामग्राम नगर कार्यसमितिकाे बुधबार परासीमा आयोजित डिजिटल प्रतिनिधिहरूका लागि परामर्श भेलाकाे उद्घाटन गर्दै केन्द्रीय सदस्य श्रेष्ठले डिजिटल माध्यम मार्फत कांग्रेसमाथि आक्रमण भएकोले डिजिटल माध्यमबाटै त्यसको प्रतिवाद गर्नु अहिलेकाे आवश्यकता भएकोमा जाेड दिए ।
बिगतमा पार्टीको नेतृत्वले डिजिटल माध्यमकाे उपयोग गर्नेतर्फ चासो नदिदा ठुलो मुल्य चुकाउनु परेको भन्दै उनलेे कांग्रेसलाई प्रविधिमैत्री बनाउदै कांग्रेसको गुमेको साख पुनर्प्रात्ति गर्ने कार्यमा लाग्न नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।
नेपाली कांग्रेस रामग्राम नगर सभापति बलिराम यादवकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस नवलपरासी पश्चिमका कार्यबाहक जिल्ला सभापति बिक्रम प्रसाद यादव,नेपाली कांग्रेस नवलपरासी क्षेत्र नं २ का क्षेत्रीय सभापति तथा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवाल,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा स्वास्थ्य विभाग प्रमुख अन्जना पाण्डे,प्रदेश प्रशिक्षण विभागका सहजकर्ता बिनाेद घिमिरे,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गुणनिधि तिवारी,महाधिवेशन प्रतिनिधि सुनिता सुवेदीलगायतले पार्टीले सुरु गरेको डिजिटल कांग्रेस अभियानको आवश्यकता र महत्त्व बारे आ आफ्नो भनाइ राखेका थिए ।
यसैबीच नेपाली कांग्रेसले सुरु गरेको डिजिटल कांग्रेस अभियान नवलपरासीको सुनवल नगरपालिकामा पनि सम्पन्न भएको छ ।

नेपाली कांग्रेस सुनवल नगर कार्यसमिति सभापति यमलाल पाण्डेकाे सभापतित्व र केन्द्रीय सदस्य हिमालदत्त श्रेष्ठकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका कार्यबाहक जिल्ला सभापति बिक्रम प्रसाद यादव,पार्टीका लुम्बिनी प्रदेश सदस्य एवं स्वास्थ्य विभाग प्रमुख अन्जना पाण्डे,नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागका सहजकर्ता बिनाेद घिमिरे,नगर उपसभापति प्रबिन गुरूङ,सचिव गंगाधर चापागाईंलगायतले अभियान बारे आ आफ्नो भनाइ राखेका थिए ।






