काठमाडौं,१ मंसिर ।
सरकारद्वारा प्रहरी प्रमुखबाट बर्खास्तीमा परेका दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटउपर भोलि पहिलो सुनुवाइ हुने भएको छ । यसअघि हिजो पेसी चढेकोमा छठको सार्वजनिक बिदा परेकाले भोलिलाई पेसी निर्धारण गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्वहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

सरकारले डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा तानेको थियो ।