बुटवल,२५ असाेज ।
राष्ट्रिय जनमुक्ति पार्टी १२ औं राष्ट्रिय भेला आइतबारदेखि रूपन्देहीमा सुरु भएको छ ।

राष्ट्रिय भेलाकाे पार्टीका केन्द्रीय अध्यक्ष केशव सुर्यवंशीले उद्घाटन गरेका हुन् ।

भेलाको उद्घाटन गर्दै अध्यक्ष सुर्यवंशीले बर्तमान सरकारले चुनावमा गरेका प्रतिवद्वता पुरा गर्ने संकेत नदेखिएको बताए । चुनावमा जनता सामु जुन बाचा गरेर मत मागिएको थियो ती बाचा पुरा पूरा गर्ने कुनै संकेत नदेखिएको भन्दै उनलेे सरकारकाे अहिलेसम्मकाे गतिविधि,उनिहरूकाे ज्ञान र अनुभवले पनि ती बाचा पुरा हुन सक्ने सम्भावना नरहेको दाबी गरे ।
संघीयताकाे कुरा उठाउने पहिलो पार्टी राष्ट्रिय जनमुक्ति पार्टी भएको दाबी गर्दै उनलेे संघीयताकाे पुर्ण कार्यान्वयन,भ्रष्टाचारको अन्त्य पार्टीको मुख्य एजेन्डा भएको बताए ।
बिगतका सरकारहरूले संघीयताकाे पूर्ण कार्यान्वयन गर्ने तर्फ चासो नदेखिएको र बर्तमान सरकारले पनि त्यसको कार्यान्वयनमा चासो नदेखिएको भन्दै उनलेे संविधानमा लेखिएका कुराहरू कार्यान्वयन गर्न के ले छेक्याे भनी प्रश्न गरे ।
२०७२ सालको संविधान अपुर्ण रहेको भन्दै उनलेे संविधान संसाेधन होइन पुनर्लेखन गर्नुपर्ने माग गरे ।
पार्टीका महासचिव तथा भेला तयारी समितिका संयोजक टाेप अस्लामीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका उपाध्यक्ष डकेन्द्रसिं थेगिम,राष्ट्रिय महिला माेर्चा अध्यक्ष तथा पार्टीका उपाध्यक्ष होमाया गुरूङ,पार्टीका उपाध्यक्ष तथा पुर्व गाेर्खा सैनिक संगठनका अध्यक्ष क्याप्टेन भिमबहादुर राना,पार्टीका सचिव तथा राष्ट्रिय मुस्लिम परिषदका महासचिव माेजिव अली,अर्का सचिव गिता सारू, पार्टीका उपमहासचिव तथा प्रवक्ता चेतबहादुर आले,राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरूङ,काेशी प्रदेश इन्चार्ज गजेन्द्र आङ्बुहाङ,सुदुरपश्चिम इन्चार्ज तिलक शाही राष्ट्रिय थारू मञ्चका संयोजक रेखा प्रसाद चाैधरी,जनमुक्ति युवा संघका केन्द्रीय संयोजक शंकर गाहालगायतले प्रतिवद्वता मन्तब्य ब्यक्त गरेका थिए ।
रूपन्देहीको भैरहवा स्थित महेन्द्र सभागृहमा उद्घाटन भएको राष्ट्रिय भेलाकाे बन्द सत्र साेमबार र मंगलबार रूपन्देहीको तिलाेत्तमा स्थित कबिराज भवन मंगलापुरमा हुने महासचिव टाेप अस्लामीले जानकारी दिए ।






