बुटवल,२४ असाेज ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल र रुपन्देहीका निवर्तमान जिल्ला अध्यक्ष तेजेन्द्र केसी नेकपा एमालेको केन्द्रीय सदस्यमा मनाेनित भएका छन् ।

नेकपा एमालेले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको पार्टी सचिव महेश बस्नेतले जानकारी दिए ।

मनोनीत हुनेमा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख अर्याल र रुपन्देहीका निवर्तमान जिल्ला अध्यक्ष केसीसहित मीनप्रसाद गुरुङ, सिर्जना राई, पुष्पा केसी भण्डारी,इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी,धर्मनाथप्रसाद साह, तेजमान कन्दङ्वा, टंक आङबुहाङ,नवीन रोका मगर र डबल पाण्डे रहेका छन् ।