काठमाडौं,२४ असाेज ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीको मतगणना सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा मतगणना सुरु भएको हो ।

निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएपछि मत गणना सुरु गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न १४ कोठामा सीसी क्यामेरा जडान गरेर कडा सुरक्षा व्यवस्थाका साथ मतगणना भइरहेको छ ।

यसअघि शुक्रवार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराएका थिए ।