बुटवल,२४ असाेज ।
राष्ट्रिय जनमुक्ति पार्टीकाे १२ औं राष्ट्रिय भेलाकाे तयारी पुरा भएको आयोजकले जनाएका छन् ।
आइतबारदेखि तिनदिनसम्म रूपन्देहीमा हुने राष्ट्रिय भेलाको तयारी पुरा भएको पार्टीका महासचिव टाेप अस्लामीले जानकारी दिए ।
आइतबार भैरहवा स्थित महेन्द्र सभागृहमा हुने राष्ट्रिय भेलाको पार्टीका केन्द्रीय अध्यक्ष केशव सुर्यवंशीले उद्घाटन गर्ने पार्टीका उपमहासचिव तथा प्रवक्ता चेत बहादुर आलेले बताए ।
राष्ट्रिय भेलामा सहभागी हुन देशभरबाट पार्टीका नेता कार्यकर्ता रूपन्देही आउने क्रम जारी रहेको प्रवक्ता आलेले बताए ।
राष्ट्रिय भेलामा केन्द्रीय समिति,केन्द्रीय सल्लाहकार हरू,केन्द्रीय विभागीय प्रमुख एवं उप प्रमुखहरू,केन्द्रीय महासभाका प्रतिनिधिहरू, प्रदेश समितिका पदाधिकारीहरू,जिल्ला समितिका अध्यक्ष र सचिवहरू,निर्वाचन क्षेत्रका अध्यक्ष वा संयोजकहरू, पालिका समितिका अध्यक्ष वा संयोजकहरू,पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू,भातृसंगठनका केन्द्रीय नेतृत्वहरू र पार्टीको प्रवासी संगठन (जनमुक्ति मञ्च) का प्रतिनिधिहरूकाे सहभागीता रहने साे पार्टीले जनाएको छ ।
भेला सम्पन्न गर्न पार्टी महासचिव टोप अस्लामीकाे नेतृत्वमा मूल तयारी समिति सचिवालय समेत गठन भएको छ ।
यसअघि पार्टीले राष्ट्रिय भेलका लागि डिजिटल पाेस्टर सार्वजनिक गरिसकेको छ ।
राष्ट्रिय भेलाकाे पार्टीको लुम्बिनी प्रदेश समिति मूल व्यवस्थापक र जिल्ला समिति रूपन्देही सह व्यवस्थापक रहेकाे जनाइएको छ ।






