बुटवल,१९ असाेज ।
फिट एन्ड फाइन स्पाेर्टस क्लब तिलाेत्तमा-३ जानकिनगरद्वारा आयोजित छैठौं संस्करणकाे लुम्बिनी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

यही असाेज १७ र १८ गते रूपन्देहीको तिलाेत्तमा-३ जानकिनगरमा आयो जित पुरूष डबल खुला,४५ बर्षमाथिकाे भेट्रान्स र ५५ बर्षमाथिकाे भेट्रान्स सुपर प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगिता अन्तर्गत खुल्ला डबल तर्फ लाफा समूह बुटवलका नरेन्द्र ओली र साैरभ अर्यालको जाेडी प्रथम,लाफा समूहकै मदन खड्का र दीपक बुढाथोकीकाे जाेडी द्वितीय भए भने लाफा समूहका नारायण पाैडेल र बासु चाैधरीकाे जाेडी तथा फिट एण्ड फाइन स्पाेर्टस क्लबका तेजस्वी थापा र समसुल कलामकाे जाेडी तृतीय भएका छन् ।

त्यस्तै भेट्रान्स सुपर तर्फ लाफा समूहका राजु गुरूङ र अनिल शाक्यको जाेडी प्रथम,फिट एण्ड फाइनका बालकुमार राना र नेत्र काम्मुकाे जाेडी द्वितीय एवं बिबिसीका गाेपाल टण्डन र डम्बर थापाको जाेडी तथा फिट एण्ड फाइनका लाेकबहादुर राना र शैलेन्द्र बज्राचार्यकाे जाेडी तृतीय भए ।

भेट्रान्स तर्फ बिबिसीका महेश्वर श्रेष्ठ र तुलसी प्रसाद भट्टराईको जाेडी प्रथम,बिबिसीकै दिलिप गाैचन र सुर्य सेनकाे जाेडी द्वितीय भए भने लाफा समूहका पुरन गाहा र तिल श्रेष्ठको जाेडी तथा फिट एण्ड फाइनका उजिर थापा र खेम सारूकाे जाेडी तृतीय भएको फिट एण्ड फाइन क्लबका संरक्षक मेघराज भट्टराईले जानकारी दिए ।

खुल्ला पुरूष डबल्स तर्फ प्रथम हुनेले ३५ हजार,द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १०/१० हजार रूपयाँ पुरस्कार,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै ४५ बर्ष माथिको भेट्रान्समा प्रथम हुनेले ३० हजार,द्वितीय हुनेले २० हजार तथा तृतीय हुने दुई जाेडीले १०/१० हजार नगदसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरे ।

५५ बर्ष माथिको भेट्रान्स सुपर तर्फ प्रथम हुनेले नगद १५ हजार,द्वितीय हुनेले १० हजार तथा तृतीय हुने दुई समूहले ६ हजार पुरस्कार,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका महासचिव भुवन थापाले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत खुल्ला पुरूष डबल्समा ३६ टिम,४५ बर्ष माथिको भेट्रान्समा ६२ टिम र ५५ बर्ष माथिको सुपर भेट्रान्समा २० टिमकाे सहभागीता रहेको क्लबका सचिव माेहन सिंले बताए ।

क्लबका अध्यक्ष प्रितम सारू मगरकाे सभापतित्व र तिलाेत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणकाे प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको उद्घाटन कार्यक्रममा क्लबका महासचिव भुवन थापा र सचिव माेहन सिंले सहजिकरण गरेका थिए ।