काठमाण्डौ,१६ असाेज ।
भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुरु भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० जनाभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
राजधानी नयाँ दिल्लीको जन्तरमन्तरबाट उनीहरू पक्राउ परेका बीबीसी हिन्दीले जनाएको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रोज जनता पार्टी (सीजेपी)ले आन्दोलन शुरु गरेको हो । यसअघि अन्य स्थापित विपक्षी दलहरूले पनि आन्दोलन गरिरहेका थिए ।
प्रदर्शनमा आम आदमी पार्टी (आप), विद्यार्थी संगठन, युवा कांग्रेस तथा नागरिक समाजका समूहहरू सहभागी भएका हुन् । आम आदमी पार्टीका केही नेता पनि पक्राउ परेका खबरमा उल्लेख छ । प्रदर्शनकारीले निर्वाचन आयोगको कार्यशैली र मतदाता नामावली पुनरावलोकन प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन् ।
उनीहरूले मतदाता नामावलीबाट योग्य मतदाताको नाम हटाइएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका हुन् ।






