बुटवल,१३ असाेज ।
राष्ट्रिय जनमुक्ति पार्टीकाे १२ औं राष्ट्रिय भेला यही असाेज २५,२६ र २७ गते रूपन्देहीमा हुने भएको छ ।

पार्टीका उपमहासचिव तथा प्रवक्ता चेत बहादुर आलेले आज एक प्रेस विज्ञप्ति जारी गरि पार्टीको १२ औं राष्ट्रिय भेला यही असाेज २५,२६ र २७ गते रूपन्देहीकाे भैरहवामा हुने जनाएको हो ।

असाेज २५ गते भैरहवा स्थित महेन्द्र सभा गृहमा उद्घाटन गर्ने राष्ट्रिय भेलाकाे बन्द सत्र असाेज २६ र २७ गते कविराज भवन(पार्टी कार्यालय सभाहल) मंगलापुर, तिलोत्तमामा हुने विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रिय भेलामा केन्द्रीय समिति,केन्द्रीय सल्लाहकार हरू,केन्द्रीय विभागीय प्रमुख एवं उप प्रमुखहरू,केन्द्रीय महासभाका प्रतिनिधिहरू, प्रदेश समितिका पदाधिकारीहरू,जिल्ला समितिका अध्यक्ष र सचिवहरू,निर्वाचन क्षेत्रका अध्यक्ष वा संयोजकहरू, पालिका समितिका अध्यक्ष वा संयोजकहरू,पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू,भातृसंगठनका केन्द्रीय नेतृत्वहरू र पार्टीको प्रवासी संगठन (जनमुक्ति मञ्च) का प्रतिनिधिहरू सहभागीता रहने जनाइएको छ ।

भेला सम्पन्न गर्न पार्टी महासचिव टोप अस्लामीकाे नेतृत्वमा मूल तयारी समिति सचिवालय रहने विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको लुम्बिनी प्रदेश समिति मूल व्यवस्थापक र जिल्ला समिति रूपन्देही सह व्यवस्थापक रहेकाे जनाइएको ।