बुटवल,८ असोज ।
गत बर्षको भदौं २३/२४ गतेको जेनजी प्रदर्शनका क्रममा राजधानी काठमाडौं स्थित सुन्धारा कारागारबाट भागेका एक कैदी रुपन्देहीको भैरहवाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उप–महानगरपालिका वडा नं. २ बस्ने सन्तोष देवकोटा रहेका छन् ।

मिति २०८२।०५।२३ गते पछि देशभर भएको प्रदर्शनका क्रममा कारागार कार्यालयहरूमा भएको तोडफोड, आगजनी पश्चात् सुन्धारा कारागार काठमाण्डौंमा लागु औषधमुद्धामा कैदमा रहेका दाङको तुलसीपुर उप–महानगरपालिका वडा नं. २ बस्ने सन्तोष देवकोटा कारागारबाट भागी हिडेकोमा बुधबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बाट नियन्त्रणमा लिई कारागार कार्यालय रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी,प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।