बुटवल,२४ भदौ ।
शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको आयोजनामा अन्तर विद्यालय मौलिक तीजगीत प्रतियोगिता २०८३ को तयारी पुरा भएको छ ।

नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज तथा टेलिभिजनको १८ औं स्थापना दिवसको अवसरमा बिहिबार प्रतियोगिताको आयोजना गरिएको हो ।

संस्कृति संरक्षणमा शिक्षाको महत्व शिर्षकमा आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष झपट बहादुर गुरुङ (जेभि)ले जानकारी दिए । बुटवल उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुने प्रतियोगितामा रुपन्देहीका १४ वटा विद्यालयको सहभागिता रहेको उनले बताए ।

प्रतियोगितामा कान्ति मावि,नवीन औद्योगिक कदर बहादुर रिता मावि,शान्ति नमुना मावि, नोवेल इन्भारोमेन्ट एकेडेमी तिलोत्तमा, लिटिल प्याराडाईज ईग्लिस स्कुल तिलोत्तमा,न्यू लुम्बिनी ईग्लिस बोर्डिङ् स्कूल देवदह,सन मोडेल ईग्लिस बोर्डिङ स्कुल कञ्चन,तिनाउ ईग्लिस बोर्डिङ् स्कूल ,न्यू होराईजन ईग्लिस बोर्डिङ सेकेण्डरी स्कूल,इन्टलक्च्युअल एकेडेमी, लक्ष्मी मावि,ज्ञान पुन्ज ईग्लिस बोर्डिङ् स्कूल,एभरेष्ट ईग्लिस बोर्डिङ् स्कूल, ज्ञान गंगा पाठशालाले सहभागिता जनाएको कार्यक्रमका सह–संयोजक शेखर अर्यालले जानकारी दिए ।

प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार ,द्धितिय ३० हजार ,तृतिय १५ हजार र सान्त्वना ५–५ हजार रहेको कार्यक्रमका संयोजक बाबुराम अर्यालले बताए ।

कार्यक्रमा बुटवल उपहानगरपालिका मुख्य संरक्षक,तिलोत्तमा नगरपालिका,देवदह,सिद्धार्थ नगर नगरपालिका र कञ्चन गाउँपालिकाको सहकार्यमा हुने छ ।

१४ टीमका बिचमा हुने प्रतिस्प्रर्धामा यसोदा फुड्स प्रालि मुख्य प्रयोजक,अन्नपूर्ण एग्रो इन्टष्ट्रिज प्रालि,अर्घाखाँची सिमेन्ट लिमिटेड प्रायोजक रहेका छन । प्रतियोगिता बिहान १० बजेबाट सुरु हुने छ ।