अहिलेसम्म ९६ वटा शव मात्रै सनाखत भई आफन्तले बुझे
काठमाडौं,२० भदौ ।
भदौ १० गते रसुवाकाे भाेटेकाेशी नदिमा आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या १ हजार ३४४ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ भने अझै ५ हजार जना सम्पर्कविहीन रहेका छन् ।
शनिबार मध्याह्न १२ बजेसम्मको अपडेटअनुसार रसुवामा १६०, नुवाकोटमा १९२, धादिङमा ६७, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २३०, चितवनमा ३६०, काठमाडौंमा उपचारको क्रममा २ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म ९६ वटा मात्रै शव सनाखत भई आफन्तले बुझेका छन् ।
भेटिएकामध्ये २६९ वटा महिलाको,४८९ वटा पुरुषको, ५२ बालिकाको, ३३ बालकको शव रहेको छ । त्यस्तै ५०१ वटा आंशिक अवशेष भेटिएको छ ।






